अक्सिजन सिलिन्डर लिन चीन गएको जहाज आज नेपाल आउँदै


३ जेष्ठ २०७८, सोमबार १०:२० मा प्रकाशित

काठमाण्डाै । अक्सिजन सिलिन्डर लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाज आज नेपाल आउँदैछ ।साढे चार सय थान अक्सिन सिलिन्डर लिएर जहाज दिउँसो दुई बजे त्रिभुवन विमानस्थलमा अवतरणको तालिका रहेको छ ।

जहाज अर्को खेप सिलिन्डर लिन आजै राति फेरि बेइजिङको लागि उड्नेछ ।निगमको जहाजले यसअघि दुई पटक गरेर झण्डै एक हजार सिलिन्डर ल्याइसकेको छ ।यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान तथा अवतरण हुँदैछन् ।हिमालय एअरलाइन्सको जहाज चीनको कुम्निङबाट बिहान काठमाण्डौ आइपुगेको छ भने राति सवा ८ बजे फेरि कुम्निङकै लागि उड्नेछ ।

यस्तै चीन गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजेर पाँच मिनेटमा काठमाण्डौ फर्कँदैछ भने राती ११ बजे पुन बेइजिङको लागि उड्दैछ ।यस्तै टर्किस एअरलाइन्सको चाटर्ड जहाज राति ९ बजे काठमाण्डौ आएर ११ बजे उड्ने तालिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here