आज ७ हजार ३ सय बढीमा संक्रमण पुष्टि, ६ हजार ६ सय भन्दाबढी संक्रमणमुक्त


२ जेष्ठ २०७८, आईतवार १६:५२ मा प्रकाशित

झापा । देशभर आज ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १९ हजार ५३९ नमुनाको परीक्षण गर्दा ७ हजार ३१६ जना र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो।

यही अवधिमा ६ हजार ६४८ जना कोरोनामुक्त भएका छन्। आज संक्रमण पुष्टि हुने र निको हुने बिचको अन्तर कम देखिएको छ ।

यससँगै देशभर संक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ। तीमध्ये ७ हजार ८०८ जना संस्थागत आइसोलेसनमा र १ लाख २ हजार ४५५ जना होम आइसोलेसनमा बसेका छन्।

१ हजार ३१३ जनाको आइसीयुमा र ३८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यही अवधिमा १४५ जनाको मृत्यु भएको छ । आज ७०१ जना क्वारेन्टाइनमा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here