अक्सिजन अभाव भएकोले प्रदेश अस्पताल सुर्खेतले बिरामी भर्ना लिन नसक्ने


१ जेष्ठ २०७८, शनिबार ११:१७ मा प्रकाशित

सुर्खेत ।  अक्सिजनको अभाव भएकोले कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप बिरामी भर्ना लिन नसक्ने जानकारी गराएको छ ।

प्रदेशकै भरोसाको अस्पतालका रुपमा रहेको यस अस्पतालमा अक्सिजनको आपूर्ति हुन नसके पछि भर्ना लिन नसकिने प्रदेश अस्पतालका डा.डम्मर खड्काले जानकारी दिनुभयो । उहाँले सूचना जारी गरेर अक्सिजनको आपूर्ति हुन नसकेकोले अस्पतालमा थप बिरामी भर्ना लिन कठिनाइ भएको बताउनुभएको हो ।

प्रदेश अस्पतालमा रहेका दुई वटा अक्सिजन प्लान्टमध्ये एउटा बिग्रेको छ ।बिरामीको संख्या थपिँदै गएपछि अक्सिजनको अभाव भएको उहाँको भनाO छ ।अस्पतालमा अहिले करिब ९० जनाको उपचार भइरहेको छ ।यहाँ सुर्खेतसहित कर्णालीका अन्य जिल्लाबाट समेत गम्भीर बिरामी रिफर भएर आउने गरेका छन् ।

प्रदेश अस्पतालमा दैनिक तीन सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने भए पनि यहाँका उत्पादनले धानेर बाहिरबाट दैनिक एक सय ५० सिलिन्डर ल्याउनुपर्छ ।तर अहिले नेपालगञ्जबाट दैनिक ५० सिलिन्डर मात्रै अक्सिजन आउने गरेको अस्पतालका कोरोना फोकल पर्सन डा. सञ्जिव भण्डाले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट अहिले अक्सिजन आउन कठिन भएकाले र  यहाँको उत्पादनले नधान्ने भएपछि  बिरामी भर्ना गर्न कठिन भएको  उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here