नेपाल एयरलाइन्सको विमान सिलिण्डर लिन ओमान उड्यो


१ जेष्ठ २०७८, शनिबार ११:११ मा प्रकाशित

काठमाडौं । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ ।

शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिए ।बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६:४० मा नेपाल अवतरण हुने छ र शनिबार साँझ नै चीनको बेईजिङमाको लागि उडान भर्ने छ ।बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।

त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ ।त्यहाँको सिलिण्‍डर उत्पादनको अवस्थालाई हेरेर कतिदिन उडान भर्ने भन्ने यकिन हुने नेपाल एयरलाइन्सले जनाएको छ ।जहाज राति ११ बजे बेइजिङ उड्ने एयरलाइन्सले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here