इजरायलविरुद्ध मुस्लिम देशहरू एकजुट होऔँ :महाथिर


१ जेष्ठ २०७८, शनिबार ११:४३ मा प्रकाशित

मलेशियाका पूर्व प्रधानमन्त्री डा. मोहम्मद महाथिरले इजरायलविरुद्ध सबै मुस्लिम देशहरूलाई एकतावद्ध हुन आग्रह गरेका छन्।

अरब–इजरायल संघर्षको समाधान गर्न मुस्लिम देशले इजरायलमाथि संयुक्त कारबाही गर्नुपर्ने एवम् प्यालेस्टाइनीको हक सुरक्षित गर्न उनीहरूको संघर्षलाई समर्थन र सहयोग गर्नुपर्ने महाथिरले बताएका छन्।

अब मानवअधिकावादी र इस्लामिक मुलुकहरूले प्यालेस्टिनीहरूलाई समर्थन गर्न आवश्यक रहेको पनि महाथिरले उल्लेख गरेका छन्।

‘अरब विश्व र प्यालेस्टाइनीहरू एकसाथ बसेर इजरायलबारे ठोस रणनीति बनाउने मलाई विश्वास छ, मुस्लिम विश्वले वर्तमान अवस्था नियालिरहेको होला, इजरायलले प्यालेस्टाइनमा गरेको हमला मानवताविरोधी छ, प्यालेस्टाइनले नै इजरायललाई उकासिरहेको भन्ने धेरैलाई लाग्नसक्छ,’ महाथिरले भनेका छन्, ‘तर, मस्जिदमा नमाज पढ्दै गरेका प्यालेस्टाइनीहरूमाथि इजरायलले आक्रमण गरेको छ, सत्य यही हो।’

महाथिरले अब अरब मुलुकहरूलाई एक–आपसमा लड्नुको साटो प्यालेस्टाइनीहरूबारे सोच्न पनि आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here