कोरोनाको जोखिम रहँदासम्म रसुवागढी नाकामा कडाइ हुने


१७ बैशाख २०७८, शुक्रबार १०:३४ मा प्रकाशित

रसुवा  ।   विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिम रहँदासम्म रसुवागढी नाकामा कडाइ गरिने भएको छ ।

नाकामा कडाइ नगर्दा कोरोनाको थप जोखिम बढ्ने भएकाले अहिलेको अवस्थालाई नै निरन्तरता दिइने भएको हो । एक वर्षअघिदेखि नाकामा मानिसको आवतजावत रोकिएको छ भने चिनियाँ सामग्री चिनियाँ गाडीले नै ल्याइरहेका छन् ।

बिहीवार रसुवागढीमा रहेकाे नेपाल चीन जोड्ने मितेरी पुलमा बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकले नाकामा आवतजावत गर्न नदिने,चिनियाँ गाडीले नै सामग्री नेपालसम्म ल्याएर झार्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने लगायतका विषयलाई नै निरन्तरता दिएको हाे।

बैठकमा चिनियाँ पक्षले नेपाल तथा रसुवामा कोरोनाको अवस्था, कोरोना न्यूनीकरणका लागि चालिएको कदम, यसको नियन्त्रण तथा रोकथामको चुनौतीबारे चासो राखेका थिए ।बैठकमा कोभिड-१९ को विषयलाई प्रमुख एजेण्डा बनाएर छलफल गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here