झापाका ३ पत्रकार र १ प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमण


१६ बैशाख २०७८, बिहीबार ११:५८ मा प्रकाशित

झापा । झापामा तीन पत्रकार र एक प्रदेशसभा सदस्य कोभिड–१९ बाट सङ्क्रमित भएका छन्।

नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरू पुष्प बराल, नरेन्द्र ढकाल र वीरबहादुर दर्नाललाई कोरोना सङ्क्रमण पुष्टि भएको हो।

झापा क्षेत्र नं १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीलाई पनि कोरोना सङ्क्रमण भएको छ।

सङ्क्रमित चारैजना हाल चिकित्सकसँगको सल्लाहमा होम आइसोलेसनमा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here