भारतमा मेडिकल सामग्री पठाउँदै डब्ल्युएचओ


१४ बैशाख २०७८, मंगलवार १०:५६ मा प्रकाशित

काठमाडौँ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भारतमा मेडिकल सामग्री पठाउने भएको छ ।

कोरोना भाइरसको संक्रमणले अतिप्रभावित भएको भारतमा महत्वपुर्ण मेडिकल सामग्री पठाउन लागिएको डब्ल्युएचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले बताएका छन् ।

अक्सिजन, मोबाइल अस्पताल र ल्याबहरुको व्यवस्थापनमा ध्यान केन्द्रित गरेर आफूहरुले काम गरेको उनले बताएका छन् ।

कोरोनाको नयाँ भेरियन्टका कारण सङ्क्रमित बढेसँगै भारतका विभिन्न अस्पतालमा अक्सिजनको अभाव भइरहेको छ भने शैय्या पाउन मुस्किल हुँदा कयौँ संक्रमितको मृत्यु भइरहेको छ ।

मेडिकल सामग्रीको अभाव हुन थालेपछि अमेरिकासहित युरोपियन मुलुकहरूले पनि भारतमा मेडिकल सामग्री आपूर्तिको घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here