माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


६ बैशाख २०७८, सोमबार १३:३९ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विकसित राजनीतिक घटनाक्रमबारे अरू राजनीतिक दलसँग छलफल गर्नु पर्ने भएपछि स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

अचानक संसद अधिवेशन अन्त्य गरेपछि यसबारे अरू दलहरूको धारणा लिएर मंगलबार सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे निर्णय लिन बैठक बस्ने उनले बताए ।

बैठक मंगलबार १ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन दबाब दिँदा पनि उनले अटेरी गरेकाले समर्थन फिर्ताबारे निर्णय लिने माओवादीको तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here