काठमाडौँ । सरकारले नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो । आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् ।
बडाल नेपाल बार एसोसिएसनको उपाध्यक्ष समेत हुन् । बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो ।





