अग्नि खरेलद्वारा महान्यायाधिवक्ताबाट राजीनामा, अब राजनीतिमा फर्किने


६ चैत्र २०७७, शुक्रबार १४:१४ मा प्रकाशित

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले आफू अब राजनीतिमा फर्किने बताएका छन् ।

शुक्रबार राजीनामा घोषणा गरेका उनले अब बाँकी जीवन राजनीतिमै लगाउने बताएका हुन् । महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरेर खरेलले आफूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएको जानकारी गराए ।

‘प्रधानमन्त्रीलाइृ भेटेर राजीनामा दिएर आएको छु’ उनले भने ‘प्रधानमन्त्रीसँग छलफल गरेर यो (राजीनामा) गरेको छु ।’

उनले अघि भने ‘ विगतमा जे गरेको थिएँ, साविककै तिर जाने आशयका साथ राजीनामा दिएको छु । अब बाँकी जीवन राजनीतिक जीवनमै फर्किन्छु ।’

पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here