जसपाका शीर्ष नेताहरू आन्तरिक छलफलमा, भट्टराई अनुपस्थित


२८ फाल्गुन २०७७, शुक्रबार १४:२४ मा प्रकाशित

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरू संसदीय दलको बैठकअघि छुट्टै छलफलमा बसेका छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोबीच सिंहदरबारस्थित संसदीय दलको कार्यालयको अर्को कक्षमा छुट्टै छलफल चलिरहेको हो ।

छलफलमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने अनुपस्थित छन् । शीर्ष नेताहरूको छलफल सकिएपछि संसदीय दलको बैठक बस्नेछ ।

बैठकमा बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा भएका कुराबारे शीर्ष नेताले जानकारी गराउनेछन् । बिहीबार साँझ जसपाका शीर्ष नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here