राष्ट्रपति बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक राहत प्याकेजमा हस्ताक्षर


२८ फाल्गुन २०७७, शुक्रबार ०८:४५ मा प्रकाशित

राष्ट्रपति जो बाइडेनले अमेरिकी इतिहासमै अहिलेसम्मको सबैभन्दा ठुलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन्। १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेजलाई अमेरिकी संसदले पारित गरेपछि राष्ट्रपति बाइडेनले हस्ताक्षर गरेका हुन्।

योसँगै अब अमेरिकामा कोरोनाबाट प्रभावितलाई राहत वितरण गर्ने बाइडेनको योजनाले कानुनको रुप लिएको छ। यस राहत प्याकेजको निकै महत्वपूर्ण मानिएको विषय अधिकांश अमेरिकी नागरिकलाई एक हजार ४०० डलर उपलब्ध गराउने हो। यसबाहेक हरेक साता ३०० डलर आपतकालीन बेरोजगार भत्ता आगामी सेप्टेम्बरसम्म उपलब्ध हुनेछ।

यो प्याकेजले डेमोक्रेटिक चुनावमा व्यक्त गरेका प्रतिज्ञा र बाइडेनको सर्वाधिक प्राथमिकतामा मुलुकको अर्थतन्त्रको पुन:उद्धार दुबै समेटेको छ। बाइडेन प्रशासनले अघि सारेको १९ खर्ब डलरको राहत योजनाले कोभिड–१९ सँग सम्बन्धित कार्यक्रममा खर्च गर्ने, संकटमा परेका परिवारलाई राहत दिने, रोजगारी जोगाउने र नयाँ रोजगार सिर्जना गर्ने विश्वास लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here