काठमाडौँ । संगठनात्मक पुनर्निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) चार सदस्यीय कार्यदल गठन गरेको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भएको वार्ताबारे बैठकमा जानकारी गराएका थिए ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता भने लिइसकेको छैन ।





