काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले संसदमा अब नयाँ खेलको सुरुवात हुने बताएका छन् ।
त्यो नयाँ खेल विस्तारै देखिँदै जाने उनको भनाइ छ । ‘संसद भवन भनेको सर्वोच्च राजनीतिक मञ्च हो, देशका सम्पूर्ण राजनीतिक पार्टीहरुले खेल खेल्ने ठाउँ यही हो,’ बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, ‘त्यो नयाँ खेल कसरी हुन्छ भन्ने परिदृष्य तपाईंहरुले विस्तारै विस्तारै देख्दै जानुहुन्छ ।’
उनले संसदले मुलुकलाई राम्रो निष्कर्षतर्फ लैजाने विश्वास व्यक्त गरे । संसद पुनर्स्थापनालाई ऐतिहासिक परिघटना भन्दै उनले आफूहरु विधिमा फर्किएको बताए ।





