अत्याधिक यातानाका कारण म्यानमारका सत्तारुढ दलका नेताको हिरासतमा मृत्यु


२६ फाल्गुन २०७७, बुधबार ०८:२३ मा प्रकाशित

काठमाडौं । सैन्य कू को विरोधमा जारी प्रदर्शनका क्रममा पक्राउ परेका म्यानमारका सत्तारुढ दलका नेताको हिरासतमा मृत्यु भएको छ ।

सुरक्षाकर्मीले अत्याधिक याताना दिँदा आङसाङ सूकीको दल नेशनल लिग फर डेमोक्रेसी एनएलडीका नेता झा म्याटलिनको मृत्यु भएको हो । याङगुनबाट पक्राउ परेको केही दिनमै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन ।

विघटित संसदको माथिल्लो सदनका सांसद म्याटलिन हिरासतमा मारिने दोस्रो नेता हुन ।

यसअघि, एनएलडीका अर्का नेता खिन मौन लाटको गत शनिबार सेनाले नियन्त्रणमा लिएपछि हिरासतमै मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here