संसद बैठक सुरु नहुँदै बाहिरिए प्रधानमन्त्री


२६ फाल्गुन २०७७, बुधबार १३:४७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छन् ।

प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिरिएका हुन् ।

बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै भने, ‘यति भए भैगो नि ’

यही फागुन २३ गते पनि प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका थिए । बुधबारको संसद बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here