पाकिस्तान र टर्कीबीच कार्गो रेल सेवा सुचारु


१८ फाल्गुन २०७७, मंगलवार ११:३८ मा प्रकाशित

काठमाडौं। पाकिस्तान र टर्कीबीच एक दशकदेखि बन्द रहेको मालबाहक रेल सेवा पुन सुचारु हुने भएको छ ।

यही बिहिबारदेखि सञ्चालन हुन लागेको रेल सेवालाई चिनको महत्वाकांक्षी (बेल्ट एण्ड रोड इनिसिएटिभ) (बिआरआई) महत्वपूर्ण हिस्सा मानिएको छ ।

टर्कीबाट इरानको तेहरान हुँदै पाकिस्तानको इस्लामाबाद आउने रेलले ६ हजार ५ सय ४० किलोमिटरको यात्रा पार गर्न १२ दिन लगाउनेछ ।

इस्लामाबादसम्म चिनियाँ रेलको सोझो पहुँच हुने हुनाले यो रुटलाई चिनको मध्य एसिया हुँदै युरोप जोड्ने बाटोको रुपमा लिइएको छ ।

सन् २००९ को अगष्टमा टर्की र पाकिस्तानबिच रेल सेवा सुरु भएपनि क्षेत्रीय अस्थिरता र सुरक्षाको कारण रोकिएको थियो ।

अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाईदा हुनेगरी यो सेवा पुनः सुरु गरिएको हो ।

पहिलो रेल यही मार्च ४ तारिख बिहिबार इस्तानबुलबाट पाकिस्तानका लागि छुट्नेछ ।

७ सय ५० टन सामान बोक्ने क्षमताको उक्त रेल मार्च १६ तारिख मंगलबारको दिन इस्लामाबाद पुग्नेछ ।

यो रुटको सबैभन्दा बढी भाग २६ सय किलोमिटर इरानमा पर्नेछ । टर्कीमा १९ सय ५० किलोमिटर पर्नेछ भने पाकिस्तानमा १९ सय ९० किलोमिटिर पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here