दोभान बजार आगलागी अपडेटः ४० घर जलेर नष्ट, आगो नियन्त्रणमा


१८ फाल्गुन २०७७, मंगलवार १२:४० मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजार क्षेत्रमा भीषण आगलागी भएको छ।

तमोर नदीको किनारमा ताप्लेजुङको पुरानो बजार दोभानमा आज बिहान करिब ९ बजे आगलागी भएको हो।

आगो अझैं धेरै हदसम्म नियन्त्रणमा आएको र केहीबेरमा पुरै नियन्त्रणमा आइसक्ने प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए।

आगलागी ४० घर जलेर पूर्णरुपमा क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीबाट के कति क्षति भयो भन्ने अनुमान गर्न सकिएको छैन तर मानवीय क्षति भने भएको छैन ।

बिहान ९ बजेबाट सुरु भएको आगो फुङ्लीङ र फिदिम नगरपालिकाको दमकल, स्थानीय नागरिक तथा सुरक्षाकर्मीहरुको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here