फेरि बढ्यो पेट्रोलिय पदार्थको भाउ


१८ फाल्गुन २०७७, मंगलवार ०८:५१ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको भाउ बढाएको छ ।

निगमले गएको मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रूपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल लिटरको ११६ रूपैयाँ, अनि डिजेल र मट्टितेल लिटरको ९९ रूपैयाँ पुगेको छ । यस्तै निगमले हवाई इन्धनको पनि भाउ बढाएको छ ।

निगमले आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँच रूपैयाँ वृद्धि गरी ७२ रूपैयाँ कायम गरेको छ ।

यस्तै अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ डलर प्रतिकिलोलिटर कायम गरिएको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको भने मूल्य नबढाएको निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here