भागरथीका दाइले दिए हत्या आरोपित दिनेशविरुद्ध किटानी जाहेरी


५ फाल्गुन २०७७, बुधबार १४:३४ मा प्रकाशित

काठमाडौँ । बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध भागरथीका दाई शंकर भट्टले किटानी जाहेरी दिएका छन् ।

दाई शंकरले जिल्ला प्रहरी कार्यालय बैतडीमा दिनेशविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्न लागेको छ । भट्ट विरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप हुने प्रहरीले जनाएको छ ।

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथीको २१ माघमा विद्यालयबाट घर फर्कदै गर्दा हत्या भएको थियो ।

आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर अभियुक्तलाई सार्वजनिक गर्ने भनिए पनि म्याद थपपछि दिउँसो २ बजे सार्वजनिक गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here