भारतको बाणसागर नहरमा बस खस्दा चार जनाको मृत्यु, ४३ जना बेपत्ता


४ फाल्गुन २०७७, मंगलवार १२:४७ मा प्रकाशित

भारत । भारतको मध्यप्रदेशस्थित बाणसागर नहरमा बस खस्दा चार जनाको मृत्यु भएको छ ।

५४ जना यात्रु सवार बस नहरमा खसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सात जनाको जीवितै उद्दार गरिएको छ भने चार जनाको शव निकालिएको छ । नहरमा बेपत्ता भएका ४३ जनाको खोजी भइरहेको छ ।

मंगलबार बिहान साढे सात बजे उक्त दुर्घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

सिधी मार्गबाट छुहिया उपत्यका हुँदै उक्त बस सतना भन्ने स्थान जाँदै थियो । सडकमा ट्राफिक जाम भएपछि चालकले रुट परिवर्तन गरी नहरको किनारबाट बस चलाउने क्रममा दुर्घटना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here