डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ


४ फाल्गुन २०७७, मंगलवार १३:४४ मा प्रकाशित

पर्सा । डिजेल चोरी गरी भारततर्फ निकासी गरेको आरोपमा ट्याङ्करसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा सोमबार राति उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर राक्सिराङ गाउँपालिका–३ का २२ वर्षीय अशोक पाख्रिन र मकवानपुरको मनहरि गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण उप्रेती छन् ।

उप्रेती चालक हुन् भने पाख्रिन सहचालक तथा महतो श्वेता आयल ट्रेडर्सका लेखापाल रहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here