संवैधानिक परिषदमा भएको नियुक्तिविरूद्ध दाहाल–नेपाल समूहको बिहीबार आमहड्ताल


२१ माघ २०७७, बुधबार १३:२४ मा प्रकाशित

काठमाडौँ । संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।

प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले बिहीबार आमहड्तालको आयोजना गरिएको नेता शिव कुमार मण्डलले जानकारी दिए ।

आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने उनले जनाए । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको छ ।

प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौँमा ‘विशाल जनसभा’ आयोजना गरेको अघिल्लो दिन दाहाल–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here