उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक निकायका पदाधिकारीको शपथ समारोह बहिष्कार


२१ माघ २०७७, बुधबार १३:०० मा प्रकाशित

काठमाडौँ । नेकपा विभाजनको असर संवैधानिक निकायका पदाधिकारीहरूको शपथ समारोहमा पनि देखिएको छ ।

तत्कालीन माओवादीबाट प्रतिनिधित्व गर्दै उपराष्ट्रपति बनेका नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदका पदाधिकारीको शपथग्रहण समारोह बहिष्कार गरेका छन् ।

आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा उपराष्ट्रपति पुन र सभाभुख सापकोटा सहभागी नभएका हुन् ।

गत मंसिर ३० प्रधानमन्त्री केपी शर्मा ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याउँदै विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेका थिए ।

प्रतिनिधिसभा विघटन भएपछि ती पदाधिकारीले संसदीय सुनुवाइबिनै आज शपथग्रहण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here