रामकुमार झाँक्रीलाई कारबाही गर्न अनेमसंघको माग


२१ माघ २०७७, बुधबार १४:४५ मा प्रकाशित

काठमाडौँ । नेकपाको ओली पक्षीय अखिल नेपाल महिला संघ (अनेमसंघ)ले विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई कारबाही गर्न माग गरेको छ ।

बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो ।

ज्ञापनपत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चरित्र हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्‍यक्तिगत, पारिवारिक तथा राष्ट्रपति कै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरु प्रयोग गरेकाले कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ ।

अनेम संघकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्थामाथि नै अपमानजनक व्‍यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन् ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपतिलाई अशोभनीय आरोप लगाउनेलाई कडा कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएको नेतृ शाक्यले बताइन् ।

माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा दाहाल–नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँकीले राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here