काठमाडौं । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेका व्यक्तिहरुको आज शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपथ ग्रहण गराएका छन्।
जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् भने सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरे।
गत मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तको नियुक्तिका लाग सिफारिश गरेको थियो।





