विप्लव समूहको आव्हानमा सुदूरपश्चिम बन्द


१० माघ २०७७, शनिबार ११:१४ मा प्रकाशित

कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार सुदूरपश्चिम बन्द गरेको छ।

सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्दको घोषणा गरेअनुसार सुदूरपश्चिम पनि शनिबार बन्द गरिएको नेकपा विप्लवले जनाएको छ।

विप्लवको बन्दका कारण कैलालीसहितका जिल्लामा यातायात सेवा प्रभावित भएपनि शुक्रबार रातिदेखि नै प्रहरीले स्कटिङ गरेर सवारी साधन गन्तव्य पठाइरहेको जनाएको छ।

विप्लवले पुष २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन र ब्युरो सदस्य विवेकलगायत नेता कार्यकर्तालाई बिना कारण पक्राउ गरेको बताउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here