प्रधानमन्त्री कप क्रिकेट ,आज पनि दुई खेल हुँदै


९ माघ २०७७, शुक्रबार ११:३४ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री कप पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरु हुँदैछ ।

मुलपानी क्रिकेट मैदानमा हुने खेलमा उपाधि दाबेदार ठानिएको बागमती प्रदेशले प्रदेश(२ को सामना गर्दैछ । खेल बिहान ९ बजे सुरु हुनेछ ।

प्रदेश(२ विरुद्ध मैदान उत्रदा बागमती लगातार तेस्रो जितको खोजीमा हुनेछ । बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो ।

प्रदेश(२ भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा प्रदेश(२ लुम्बिनीसँग पराजित भएको थियो ।

यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णाली प्रदेश र प्रदेश(१ बीच प्रतिस्पर्धा हुनेछ ।

कर्णाली दोस्रो जितको खोजीमा रहेको छ । प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश(१ भने पहिलो जितको खोजीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here