जेष्ठ नागरिकलाई जुत्ता प्रदान: बुधबारे जेसीजद्वारा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण


८ माघ २०७७, बिहीबार १६:४९ मा प्रकाशित

बुधबारे । बुधबारे जेसीजले बिहिबार बुद्धशान्ति गाउँपालिकाका १६ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ ।

आर्थिक रुपमा विपन्न वालबालिकालाई सहयोग गर्ने उद्देश्यले बुद्धशान्ति वडा नम्बर ५ र ६ का १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री, ज्याकेट, हातमा लगाउने पञ्जा तथा १५ जना विपन्न जेष्ठ नागरिकलाई जुत्ता वितरण गरेको हो ।

गडिगाउँ माविमा भएको कार्यक्रम बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमका संयोजक बुधबारे जेसीजका उपाध्यक्ष रुद्र निरौला रहेका थिए ।

कार्यक्रममा साहित्यकार भगवति ढुंगेलको विशिष्ट आतिथ्यता थियो भने बुधबारे जेसीजका पूर्व अध्यक्ष रमेश बराल, निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई, सरगम संगीतालय विर्तामोडका प्रबन्ध निर्देशक दिपक रायमाझी, जनप्रतिनिधि डेगेन्द्र कार्की, शिक्षकहरु बासुदेव न्यौपाने, कृष्ण प्रसाद न्यौपाने, धनश्याम आचार्य, सरगम संगीतालयका अम्बिका घिमिरे, श्रद्धा प्रसाई, बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाल, कोषाध्यक्ष मुकेश भट्टराई, विरता जेसीजका वर्ष २०२१ का उपाध्यक्ष जनक खड्का लगायतको आतित्थता रहेको थियो ।

विष्णु लामिछानेले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक निरौलाले स्वागत तथा औचित्य माथि प्रकाश पारेका थिए । उक्त कार्यक्रम सम्पन्न गर्न सरगम संगीतालय विर्तामोडले न्यानो कपडा सहयोग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here