काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी


५ माघ २०७७, सोमबार १७:४५ मा प्रकाशित

काठमाडौं । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।

सोमबार दिउँसो लागेको आगो नेपाली सेना, शसस्त्र, नेपाल प्रहरी, रेडक्रसको टोली र स्थानीयवासीको प्रयासमा करिव डेढ घण्टामा नियन्त्रणमा आएको थियो ।

आगलागी नियन्त्रणका लागि पाँचवटा दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले बिद्युत सट भएर लागेको आगोको झिल्का १३ तल्लासम्मै पुगेको जानकारी दिए ।

आगो लागेपछि सुत्केरी महिला र बच्चका साथै १६ जनालाई उद्धार गरिएको उनले बताए ।

आगो लागेपछि नजिकै रहेको रेडक्रश सोसाइटि पनि उद्धारका लागि पुगेको थियो । सोसाईटिका उपनिर्देशक शिवराम गौतमले आफुहरु समयमा नै घटनस्थलमा पुगेको उद्धार गरेको र केहि घाइतेलाई अस्पताल पठाएको बताए ।

आगलागीबाट भएको क्षतीको पूर्ण विवरण आउन बाँकी रहेका प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here