प्रतिपक्षि कांग्रेसको छलफल लम्बियो, मंगलबार फेरी बैठक बस्ने


१७ कार्तिक २०७७, सोमबार १९:१५ मा प्रकाशित

काठमाडौं । पार्टीभित्र देखिएको असमझदारी र पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रतिपक्षि नेपााली कांग्रेसले छलफल सुरु गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारीसहितका नेताहरुको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमति, कोभिडको असरबारे छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउने बिषय तथा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत्तले जानकारी दिए ।

उनले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक मंगलबार पनि बस्ने र ठोस निष्कर्षमा पुग्ने बताए । सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६–बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए । पार्टी भित्र देखिएको असमझदारीलाई केन्द्रीय समिति बैठक अघि नै अन्त्य गर्नेगरि छलफल अघि बढेको महत्तले बताए ।

महतले पदाधिकारी बैठकले गरेका निर्णयहरुलाई केन्द्रीय समितिबाट पारित गर्ने तयारी भएको जानकारी दिनुभयो । बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताएका थिए । कांग्रेसको आगामी १४औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ । पार्टीभित्र देखिएको असमझदारी र पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रतिपक्षि नेपााली कांग्रेसले छलफल सुरु गरेको छ ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारीसहितका नेताहरुको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमति, कोभिडको असरबारे छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउने बिषय तथा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत्तले जानकारी दिए । उनले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक मंगलबार पनि बस्ने र ठोस निष्कर्षमा पुग्ने बताए । सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६–बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए । पार्टी भित्र देखिएको असमझदारीलाई केन्द्रीय समिति बैठक अघि नै अन्त्य गर्नेगरि छलफल अघि बढेको महत्तले बताए ।

महतले पदाधिकारी बैठकले गरेका निर्णयहरुलाई केन्द्रीय समितिबाट पारित गर्ने तयारी भएको जानकारी दिए । बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताउनुभएको थियो । कांग्रेसको आगामी १४औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here