कोरोना अपडेट : २९३३ जना थपिए, ३१५० जना डिष्चार्ज


१७ कार्तिक २०७७, सोमबार १७:२० मा प्रकाशित

काठमाडौं । नेपालमा सोमबार थप २९३३ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २९३३ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १७६५०० पुगेको छ ।

सोमबार थप ३१५० जना डिष्चार्ज भएका छन् भने हालसम्म १ लाख ३७ हजार ९९२ जना डिष्चार्ज भएका छन् ।

कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

हाल आइशोलेशनमा ३७ हजार ३२४ रहेका छन् भने क्वारेन्टाइनमा २११९ जना रहेका छन् । हालसम्म १४ लाख ६९ हजार ८१२ वटा पिसिआर गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here