आर्सनलसँग म्यानचेस्टर युनाइटेड पराजित


१७ कार्तिक २०७७, सोमबार १०:०५ मा प्रकाशित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फूटबलामा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।

गएराति भएको खेलमा आर्सनलले युनाइटेडलाई १० ले हरायो। युनाइटेडको घरेलु मैदान ओल्डटाफोर्डमा सम्पन्न खेलमा आर्सनलका लागि खेलको ६९औ मिनेटमा पिएयरे एमरिक अउबामेयांगले पेनाल्टीमार्फत गोल गरेका थिए।

जितसँगै आर्सनलको ७ खेलमा ४ जितका साथ १२ अंक भएको छ भने युनाइटेडको यस सिजनमा ६ खेलमा यो तेस्रो हार हो। युनाइटेड ६ खेलमा ७ अंक बटुल्दै अहिले लिगको १५औ स्थानमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here