पत्रकार महासंघ झापा शाखाका अध्यक्ष सापकोटालाई कोरोना संक्रमण पुष्टि


१४ कार्तिक २०७७, शुक्रबार १७:०६ मा प्रकाशित

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई प्रयोगशाला कोटीहोममा विहीबार पीसीआरका लागि स्वाव दिएका सापकोटाको रिपोर्ट आज पोजेटिभ आएको हो ।

केही दिनयता ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने लगायतका लक्षण देखिएपछि उनले पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए ।

उनी हाल शिवशताक्षी–७ चन्द्रडाँगीस्थित पुख्र्यौली घरमा होम आइसोलेसनमा रहेका छन् ।

हालसम्म प्रदेश नं.–१ मा ७० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here