संक्रमणको जोखिमका बीच सर्वसाधारणले दसैं मनाए


१० कार्तिक २०७७, सोमबार १५:४१ मा प्रकाशित

 

काठमाडौं । वैदिक विधि अनुसार दशैको अवसरमा नेपालीहरुले एक आपसमा टीका लगाई दशै मनाएका छन् ।

घटस्थापनामा जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित सोमबार प्रसादका रुपमा टीका र जमरा ग्रहण गरेका हुन् ।

असत्यमाथि सत्यको जित हुन्छ भन्ने मनो सामाजिक सन्देश बोकेको यो चाडमा धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट दशैंको महिमा गाउने गरिन्छ । वर्ष दिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने मेलोका रुपमा मनाइन्छ ।

तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सर्वसाधारणले आ–आफ्नो घरमै बसेर दसैं मनाएका छन । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा रहेपनि विगत वर्षको तुलनामा यस वर्ष टिका लगाउन निस्कने मानिसको संख्या न्यून रहेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण टिका लगाउन निस्कने मानिसहरुको सडकमा चहलपहल कम देखिएको हो । घटस्थापनादेखि सुरु भएको दशैं कोजाग्रत पूणिर्माका दिनमा समापन हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here