इलाम । इलामको देउमाई नगरपालिकामा एक बृद्धको पोखरीमा डुबेर मृत्यू भएको छ । देउमाई नगरपालिका ३ सुर्केका ७९ वर्षिय खम्बसिंह खत्रीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
गए राती घरबाट निस्कनु भएका बृद्ध खत्री सोमबार बिहान पोखरीमा डुबीरहेको अवस्थामा फेला पारिएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै छिमेकी तथा देउमाई नगरपालिका वडा नम्वर तिनका वडाध्यक्ष दावा तामाङले जानकारी दिए ।
घर नजिकै रहेको सिंचाइका लागि निर्माण गरेको करिब तिन फिट गहिरो पोखरीमा खत्रीलाई फेला पारेपछि पारिवार तथा छिमेकीलाई खबर गरेका थिए । घटनापछि ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटेको प्रहरी टोलीले मुचुल्का तयार पारी शब पोष्माटमका लागि इलाम अस्पताल पठाइ सकेको छ ।
राती टर्च लाइट सहित घरबाट निस्कनु भएका खत्रीले लगेको टर्च पोखरी देखी बाहिर फेला पारिएको समेत वडाध्यक्ष तामाङले बताए ।





