अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पेओ एसिया भ्रमणमा आउँदै


८ कार्तिक २०७७, शनिबार ०९:३९ मा प्रकाशित

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पेओले एसिया भ्रमणमा आउने भएका छन्।

पोम्पेओ भारत, श्रीलंका, मालदिभ्स र इन्डोनेसियाको भ्रमणमा आउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयले सूचना प्रकाशित गर्दै उनी एसिया भ्रमणमा निस्किन लागेको जानकारी दिएको हो।

आगामी आइतबारदेखि हुने भ्रमणमा अमेरिककाको चुनावी माहोललाई अन्तर्राष्ट्रिय गति दिनका लागि आउनल लागेको जानकारहरु बताउँछन्। ​ पोम्पेओ छिमेकी भारतको भ्रमणमा आउँदा नेपालबारे समेत त्यहाँ बहस हुने बताइएको छ। भारत भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भारत भ्रमण पछि उनी श्रीलंका र माल्दिभ्स जानेछन । उनी त्यसपछि इन्डोनेसियाको राजधानी जाकार्ता पुग्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here