पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण


८ कार्तिक २०७७, शनिबार ०९:४४ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उनकी पत्नी हिशिला यमीलाई कोरोना संक्रमण भएको छ ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै आफू र हिसिलामा कोरोना पुष्टी भएको जनाएका छन् ।

हिसिला र म दुबैलाई कोभिड–१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।

शुक्रवार गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको र होम आइसोलसनमा बसेको डा. भट्टराईले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here