पूर्व सञ्चारमन्त्री बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि


६ कार्तिक २०७७, बिहीबार १६:४५ मा प्रकाशित

काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बाँस्कोटाले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका हुन् ।

उनले पछिल्लो १० दिनदेखि कसैलाई आफूले कसैलाई नभेटेको बताएका छन् ।

बाँस्कोटाले आफूलाई कुनै लक्षण नभएको तर श्रीमतीलाई भने लक्षण देखिएको जानकारी गराएका छन् ।

उनलेआफ्नो दुई छोराको रिपोर्ट भने निगेटिभ आएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here