३ हजार ६ सय ३७ संक्रमित थपिए, थप २१ जना संक्रमितको मृत्यु


६ कार्तिक २०७७, बिहीबार १६:३९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर ३ हजार २ सय १५ सय संक्रमित कोरोनामुक्त भएका छन्।

त्यस्तै, आज देशभरमा गरी २१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाकै कारण हालसम्म मृत्यु हुनेहरूको संख्या ८१२ पुगेको छ।

नेपालमा हाल ४४ हजार ८७७ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा १५ हजार २५५ जनाको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here