३ लाख १९ हजार नक्कली नोटसहित एक जना पक्राउ


५ कार्तिक २०७७, बुधबार १९:१० मा प्रकाशित

चितवन । प्रहरीले ३ लाख १९ हजार नक्कली नोटसहित एक जनालाई चितवनमा पक्राउ गरको छ ।

पक्राउ पर्नेमा मकवानपुर राक्सीराङ गाउँपालिका ८ बस्ने २६ वर्षीय जितबहादुर लोप्चन रहेको प्रहरीले जनाएको हो । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी राखेको छ ।

लोप्चनको घरको मकैको कुन्युमा लुकाएर राखेको अवस्थामा उक्त नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here