नेकपा सचिवालय बैठक स्थगित


१८ आश्विन २०७७, आईतवार १३:३४ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो ।

पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो । अर्को बैठकको मिति तोकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here