झापामा बुधबार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि


१४ आश्विन २०७७, बुधबार १९:४९ मा प्रकाशित

झापा । झापामा बुधबार १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ स्थानीय तहमा कोरोना भाइरसका १० जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा एक जना भारतीय नागरिक र दुई जना स्वस्थ्यकर्मीसहित थप दश जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जस्मा तीन जना महिला र सात जना पुरुष रहेका छन् ।

बुधबार थपिएका संक्रमितहरु भद्रपुरका एक महिला एक पुरुष र मेचीनगरका दुई पुरुष रहेका छन् । त्यस्तै बिर्तामोडका दुई महिला एक पुरुष, झापा, कचनकवल र गौरादहका एक–एक पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

बिर्तामोडमा संक्रमण पुष्टि भएका दुई जना स्वास्थ्यकर्मी, एक जना भारतीय नागरिक र अन्य सबै स्थानीय भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जिवन चम्लागाईले जानकारी दिए । बुधबार थपिएका संक्रमितहरु २१ देखी ४६ वर्षसम्मका छन् ।

बुधबारसम्म झापामा कुल संक्रमितको संख्या ८७० पुगेको छ भने निको हुनेको संख्या ७८४ पुगेको छ । हाल झापामा सक्रिय संक्रमितको संख्या ७८ छ भने कोरोनाबाट हाल सम्म झापामा ८ जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here