झापा । जिल्लामा थप नौ जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा दुई जना महिला र सात जना पुरुष रहेका छन् ।
आज थपिएका संक्रमितहरु भद्रपुर नगरपालिका वडा नं. ५ र १०का तीन जना पुरुष, अर्जुनधारा नगरपालिका वडा नं. ३ का एक महिला एक पुरुष गरि दुई जना र दमक नगरपालिका वडा नं. १, ५, ७ र ८ का एक महिला र तीन पुरुष गरि चार जना रहेको स्वास्थ्य कार्यालय झापाले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
दमककी एक महिलाको नोबेल मेडिकल कलेज बाट स्वाब संकलन गरिएको र भद्रपुरमा संक्रमण पुष्टि भएका एक जना अर्जुनधारा ९ ठेगाना भएको स्वास्थ्य कार्यालयले बताएको छ ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ८६० पुगेको छ भने भने डिचार्ज हुनेको संख्या ७८३ पुगेको छ ।





