राजधानीमा जोरबिजोरमा कडाई, ९ सय सवारीसाधनलाई कारबाही


१३ आश्विन २०७७, मंगलवार १३:२७ मा प्रकाशित

 

काठमाडौँ । राजधानीमा मंगलबार बिहान ९ सय वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले जोरबिजोर प्रणाली लागू गरेको थियो।

महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

जोरबिजोर नियम पालना नभएको व्यापक गुनासो आएपछि चेकजाँच बढाउँदा धेरै सवारीसाधन नियन्त्रणमा लिईएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । राजधनीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ। तर, सवारी नियम नै उल्लंघन गर्नेलाई भने कारबाही गरिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here