युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु


१० आश्विन २०७७, शनिबार १२:२३ मा प्रकाशित

 

काठमाडौं । युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । दुर्घटनमा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

युक्रेनी अधिकारीहरुका अनुसार चालक दलका सदस्यहरुको लापरवाहीका कारण राजधानीबाट ४०० किलोमिटर उत्तर पूर्वमा रहेको स्थानमा विमान दुर्घटना भएको हो । दुर्घटनाअघि चालकले विमानमा केही खराबी आएको संकेत गरेको इन्टर फेक्स युक्रेन समाचार एजेन्सीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति वोल्डामिर जेलेन्स्कीले विमान दुर्घटना भएको पुष्टि गर्दै दुर्घटनास्थलको अवलोकन गर्ने बताउनुभएको छ । उहाँले विमान दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको पनि जानकारी दिनुभयो ।

विमानमा सैन्य अधिकारी, चालक दलका चार जना सदस्यसहित २८ जना सवार रहेको बताइएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here