बर्दियाका कोरोना संक्रमित वृद्धको नेशनल मेडिकल कलेजमा मृत्यु


७ आश्विन २०७७, बुधबार ०९:३२ मा प्रकाशित

काठमाडौं । बर्दियाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा नेशनल मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ४ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका ठाकुरबाबा नगरपालिका–७ का ६४ वर्षीय पुरूषको मंगलबार दिउँसो ४ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएका उनको निमोनिया बढ्दै गएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकश पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here