जनस्तरबाट झापामा स्थापीत पिसिआर परिक्षण प्रयोगशालाको उद्घाटन


३१ भाद्र २०७७, बुधबार १८:२२ मा प्रकाशित

झापा । एकका लागी एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापीत मेची प्रादेशिक अस्पतालको पिसिआर परिक्षण प्रयोगशालाको उद्घाटन गरिएको छ । कनकाई नगरपालिका वडा नम्बर ४ कोटीहोम स्थित सर्मपण भवनमा रहेको प्रयोगशालाको प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ प्यासीले उद्घाटन गरे ।

जनस्तरबाट संकलित करिब एक करोड रुपैँयाको लागतमा स्थापना भएको पिसिआर परिक्षण प्रयोगशालाको सरकारी स्तरबाट औपाचारीक उद्धाटन बुधबार गरीएको हो । उक्त पिसिआर परिक्षणबाट दैनिक ३ सय ५० देखी १ हजार जना सम्मको पिसिआर परीक्षण गर्न सकिने बताईएको छ । ल्याब उद्धाटन कार्यक्रममा प्रदेश प्रमुख प्यासीले दिर्घकालिन व्यवस्थापनका लागी प्रदेश सरकार र स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले जनस्तरको सहयोग बाट स्थापना भएको पिसिआर प्रयोगशालाको प्रसंसा गर्दै आगामी दिनमा यस्को व्यवस्थापन र चुनौतीको बारेमा सहकार्यको आवस्यकता रहेको बताए ।

त्यस्तै प्रयोगशाला उद्धाटन कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रयोगशाला संचालनको सम्पुर्ण जिम्मेवबरी प्रदेश सरकारले लिने बताए ।

एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट स्थापित प्रयोगशाला प्रदेश सरकारअन्तर्गत मेची अस्पताल मातहतमा रहनेछ । अभियानले केही दिनअघि अस्पताललाई प्रयोगशाला हस्तान्तरणबारे सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । पिसिआर मेसिन तथा ल्याबका लागि आवश्यक सम्पूर्ण उपकरणका खरिद गरेर सञ्चालनको अवस्थामा पुर्याएर सरकारलाई जिम्मा लगाइएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

प्रादेशिक अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समितीको प्रमुख सोमनाथ पोर्तेल, प्रदेश सांसद हिरा थापा, नेकपा प्रदेश प्रमुख देशराज घिमिरे, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, एकका लागी एक अभियानका सहसंयोजक बिनोद बस्नेत तथा अन्य विभिन्न संस्था चथा पार्टीका पदाधीकारीहरु लगायतको उपस्थितीमा प्रयोगशालाको औपचारीक उदघाटन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here