पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन


३१ भाद्र २०७७, बुधबार ०९:०३ मा प्रकाशित

काठमाडौं । पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ ।

उनको बत्तिसपुतली स्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे एक सय वर्षको उमेरमा निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

सिंहको आज विहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

उनी सर्वोच्च अदालतको दोस्रो प्रधानन्यायाधीश बनेका थिए। २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश बनेका सिंह २०१६ साल असार १६ गते सम्मा प्रधानन्यायाधीशका रुपमा कार्यरत थिए ।

२०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here